सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै


बिर्तामोड, १५ असोज । 

सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ बजेर १५ मिनेटमा बस्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन २०८३ पेस गर्नुहुनेछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयकको समितिगत प्रतिवेदन पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको दशौँ संशोधन विधेयक, नागरिक लगानी कोषको तेस्रो संशोधन विधेयक तथा भुक्तानी तथा फछ्र्यौटसम्बन्धी पहिलो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस