संघीय संसद्को चालु अधिवेशन असोज १६ गते अन्त्य हुने
बिर्तामोड, १५ असोज ।
सरकारले संघीय संसद्को चालु अधिवेशन असोज १६ गते अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । अधिवेशनका क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित तथा प्रमाणीकरण भएका छन् । यस्तै, विभिन्न अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकसमेत संसद्बाट पारित तथा प्रमाणीकरण भएका छन् ।
यस अवधिमा वैकल्पिक वित्त परिचालन विधेयक र नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने विधेयक पनि पारित तथा प्रमाणीकरण भएका छन् । यस्तै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयकसमेत संसद्बाट पारित भई प्रमाणीकरण भएको छ ।











प्रतिकृया दिनुहोस