दशैँमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
बिर्तामोड, १५ असोज ।
यस वर्षको दशैँमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विगतमा जस्तो सूचना जारी गरी नोट सटहीका लागि निश्चित दिन तोक्ने व्यवस्था हटाएको हो । राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट सार्वजनिक बिदाबाहेक जुनसुकै दिन नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटहीको व्यवस्था गरिएको छ । अघिल्ला दुई वर्ष नयाँ नोटको सट्टा सुकिला नोट सटही गरिएकोमा यस वर्ष भने नयाँ नोट नै सटही गरिने राष्ट्र बैंकले जनाएको छ । काठमाडौँ उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा देशभरका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको छ । यस्तै, सर्वसाधारणलाई सहज रूपमा नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउन सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक नयाँ नोट उपलब्ध गराइसकिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।


..jpeg)









प्रतिकृया दिनुहोस