एसियाली खेलकुदमा आज नेपालले चार खेलमा प्रतिस्पर्धा गर्दै

बिर्तामोड, १५ असोज । 
जापानमा जारी एसियाली खेलकुदको १२औँ दिन आज नेपालका खेलाडीले चार खेलमा प्रतिस्पर्धा गर्दैछन् । आज हुने खेलमा गल्फतर्फ सुवास तामाङ, राहुल विश्वकर्मा र तारा कार्कीले दोस्रो राउन्ड खेल्नेछन् । पहिलो राउन्डमा सुवास १८औँ, राहुल ४३औँ र तारा ४३औँ स्थानमा छन्। पुरुष टिम इभेन्टमा नेपाल १४औँ स्थानमा रहेको छ ।
जुडोमा पुनम श्रेष्ठले महिला ७० केजी तौल समूहको अन्तिम १६ मा भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै, तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ युवराज राना र स्वस्तिका तामाङ सेमिफाइनलमा उत्रिँदैछन् । कुस्तीको महिला ६२ केजी तौल समूहमा सुशीला चन्दले अन्तिम १६
 को प्रतिस्पर्धा गर्नेछिन । 

प्रतिकृया दिनुहोस