श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ
विर्तामोड, २८ साउन ।
श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको आरोपमा नौ भारतीय माझीलाई पक्राउ गर्नुका साथै उनीहरूले प्रयोग गरेको माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएको छ ।
नौसेनाका अनुसार बुधबार राति देशको उत्तरी क्षेत्र तालाइमन्नारस्थित उरुमलाई प्वाइन्टनजिकै गस्ती गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरू सवार डुङ्गाले अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा पार गरी श्रीलङ्काको जल क्षेत्रमा प्रवेश गरेको नौसेनाले जनाएको छ ।
पक्राउ परेका माझीहरूले समुद्री सतह तथा समुद्री पारिस्थितिक प्रणालीमा क्षति पु¥याउन सक्ने ‘बटम ट्रलिङ’ विधिबाट माछा मारिरहेको पाइएको नौसेनाको भनाइ छ ।
पक्राउ परेका नौ माझी र नियन्त्रणमा लिइएको डुङ्गालाई थप कानूनी कारबाहीका लागि मन्नारका मत्स्य निरीक्षकसमक्ष बुझाइनेछ ।
मन्नार टापु र एडम ब्रिज आसपासको मन्नारको खाडी समुद्री जैविक विविधता तथा संरक्षणका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ । यस क्षेत्रको पारिस्थितिक महत्वलाई ध्यानमा राख्दै विशेष मत्स्य व्यवस्थापन तथा वातावरणीय नियम लागू गरिएको छ । ०००००












प्रतिकृया दिनुहोस