इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प
बिर्तामोड, ३० साउन ।
इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान ५ बजेभन्दा केही अघि नुसा तेन्गाराको फ्लोरेस क्षेत्रमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।
भूकम्पका कारण पूर्वी नुसा तेन्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेन्गारा प्रान्तमा सुनामीको जोखिम रहेको जनाएको छ । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायतका क्षेत्रमा झण्डै एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ ।
कम्पनलगत्तै नागरिक घरबाहिर निस्किएर सुरक्षित ठाउँतर्फ भागेका थिए । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको छ । इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो ।












प्रतिकृया दिनुहोस