इरानसँग शान्ति सम्झौता वा सैन्य कारबाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाइ

बिर्तामोड, १५ असोज । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध र तनाव छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कारबाहीको सम्भावनासमेत खुला राख्नुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिका र इरानबीच सम्झौता हुने वा सैन्य कारबाही अघि बढाउनेमध्ये कुनै एक निर्णय छिट्टै हुनसक्ने बताउनुभएको हो ।
तर अमेरिका र इरानबीच कूटनीतिक प्रय
ास पनि समानान्तर रूपमा अघि बढिरहेका छन् । इरानले आफ्नो सातदिने विश्वास निर्माण योजनाबारे अमेरिकाबाट जवाफ प्राप्त गरेको जनाएको छ । कतारका मध्यस्थमार्फत दुवै पक्षबीच सन्देश आदानप्रदान भइरहेको छ । इरानले अघि सारेको प्रस्तावमा सात दिनभित्र युद्धविराम कायम गर्ने र त्यसपछि हर्मुज जलडमरु फेरि खोल्ने विषय समेटिएको छ । त्यसका लागि अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने तथा प्रतिबन्ध र रोक्का गरिएका सम्पत्तिसम्बन्धी राहत दिनुपर्ने इरानको प्रस्ताव छ ।
राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव अस्वीकार गरेको बताउँदै आउनुभएको छ। यद्यपि, कतारको मध्यस्थतामा अप्रत्यक्ष वार्ता जारी छ र पछिल्लो अमेरिकी जवाफबारे थप छलफल भइरहेको छ ।
यसैबीच, हर्मुज जलडमरुको अवस्था अझै महत्वपूर्ण बनेको छ। तेल तथा अन्य ऊर्जा सामग्रीको ढुवानीमा केही सुधार आए पनि युद्ध, नाकाबन्दी, सुरक्षा जोखिम र बढेको बीमा लागतका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा दबाब कायमै रहेको छ ।
 

प्रतिकृया दिनुहोस